मेची अस्पतालमा कार्यरत कर्मचारीको शव झुन्डिएको अवस्थामा फेला

काठमाडौँ । मेची प्रादेशिक अस्पतालमा कार्यरत एक कर्मचारी मृत अवस्थामा फेला परेका छन् ।

बुधबार (आज) अस्पतालको स्वास्थ्य बीमा दाबी गर्ने शाखामा करारमा कार्यरत हेल्थ असिस्टेन्ट २४ वर्षिय सुरज शर्मा मृत अवस्थामा फेला परेका हुन् ।

भद्रपुर नगरपालिका–१० निवासी शर्मा प्रशासनिक भवनको तेस्रो तलाको बीमा कोठाभित्रै नाइलनको डोरीले झुन्डिएको अवस्थामा फेला परेको  जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

बिहान सरसफाइ कर्मचारीले कोठाभित्र शव देखेपछि होहल्ला गरेका थिए । त्यसपछि वडा प्रहरी कार्यालय भद्रपुर र जिल्ला प्रहरी कार्यालय झापाको टोली घटनास्थल पुगेर शवको कानुनी प्रक्रिया गरी पोस्टमार्टमका लागि पठाएको छ ।