गोंगबुको नयाँ बसपार्कमा बसभित्र भेटियो युवकको शव 

काठमाडौँ । गोंगबु नयाँ बसपार्कमा रोकिराखेको बससभित्र एक युवा मृत अवस्थामा फेला परेका छन् ।

विगत दुई महिनादेखि बसपार्क भित्रको ३ नम्बर गेट नजिकै पार्किङ गरेर राखेको बा२ख २३४४ नम्बरको बसभित्र युवकको शव भेटिएको जिल्ला प्रहरी परिसर काठमाडौँका एसपी तथा प्रवक्ता नवराज अधिकारीले जानकारी दिए ।

बसभित्र वेवारिसे अवस्थामा मृत भेटिएका व्यक्ति सुनसरी इटहरी उपमहानगरपालिका–१३ घर भएका ३७ वर्षीय प्रल्लाद अधिकारी रहेको एसपी अधिकारीले बताए ।

शव पोष्टमार्टमका लागि त्रिवि शिक्षण अस्पताल पठाएर अनुसन्धान अघि बढाइएको छ । मृत भेटिएका व्यक्ति यातायात क्षेत्रमा नै बसपार्कतिर काम गर्ने गरेको पाइएको उनले बताए ।

घटनाको प्रकृति हेर्दा ४र५ दिनअघि नै मृत्यु भइसकेको जस्तो देखिएको एसपी अधिकारीले बताए । शव मंगलबार साँझ भेटिएको हो ।