राष्ट्रिय सुरक्षा सल्लाहकार शंकरदास बैरागीले दिए राजीनामा

काठमाडौँ । राष्ट्रिय सुरक्षा परिषद्का राष्ट्रिय सुरक्षा सल्लाहकार शंकरदास बैरागीले राजीनामा दिएका छन् ।

बैरागीले ९ साउनमै राजीनामा दिएको प्रधानमन्त्री कार्यालय स्रोतले जनाएको छ ।

पूर्वमुख्यसचिव बैरागी ३२ जेठ २०८० मा राष्ट्रिय सुरक्षा सल्लाहकार बनेका थिए । बैरागीले मुख्यसचिवको कार्यकाल केही महिना बाँकी छँदा बैकुण्ठ अर्याललाई मुख्यसचिव बनाउने बाटो खोल्दै राजीनामा दिएका थिए ।