वर्षासहितको हावाहुरीका कारण एक जनाको मृत्यु   

काठमाडौँ । गएाति आएको वर्षासँगैको हावाहुरीका कारणले पर्सामा एक जनाको मृत्यु भएको छ ।

वर्षासहितको हावाहुरीका कारण विन्दबासिनी गाँउपालिका २ गर्दौलका १०७ वर्षीय वृद्ध गुदेरी साहको ज्यान गएको हो ।

हावाहुरीले उडाएर ल्याएको जस्ताले चोट लागेरह उनको मृत्यु भएको पर्सा प्रहरीले जनाएको छ । हावाहुरीले जनधनको पनि क्षति पुर्याएको छ ।

बहुदरमाई नगरपालिका वडा नम्बर ५ स्थित एनसेलको टावर हावाहुरीले ढलेको र त्यसले च्यापिएर एक पुरुष गम्भीर घाइते भएका छन् । उनलाई उपचारका लागि वीरगन्जको नारायणी अस्पतालमा ल्याइएको प्रहरी जनाएको छ ।