राष्ट्रपति पौडेलद्वारा पाँच देशका लागि गैरआवासीय राजदूत नियुक्त

काठमाडौँ - राष्ट्रपति रामचन्द्र पौडेलले पाँच देशका लागि गैर आवासीय राजदूत नियुक्त गरेका छन् ।

राष्ट्रपति पौडेलले फिजी,अर्जेन्टिना, बेलारुस, नर्वे र टर्कीका लागि गैरआवासीय राजदूत नियुक्त गरेका हुन् ।

अष्ट्रेलियाका आवासीय राजदूत कैलाशराज पौखरेललाई फिजी, ब्राजिलका आवासीय राजदूत निर्मलजराज काफ्लेलई अर्जेन्टिना, रुसका मिलनराज तुलाधर बेलारुस, डेनमार्कका डा रामस्वार्थ रायलाई नर्वे र पाकिस्तानका लागि नेपाली राजदूत तापस अधिकारीलाई टर्कीको गैरआवासीय राजदूतमा नियुक्त गरेका हुन् ।