प्रचण्ड, ओली र देउवाबीच बालुवाटारमा छलफल, के-के भए छलफल ?

काठमाडौँ - प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र सत्ता साझेदार नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता जारी छ । प्रधानमन्त्री निवास बालुवाटारमा तीन नेताबीच भेटवार्ता भएको हो ।

शान्ति प्रक्रिया टुंगोमा पुर्‍याउने र संवैधानिक परिषद्का विभिन्न विषयमा छलफल गर्नका लागि तीन नेताबीच भेट भएको हो ।
शान्ति प्रक्रियासँग सम्बन्धित पनि र संवैधानिक परिषद्सँग सम्बन्धित विषयमा पनि गम्भीर छलफल हुन लागेको प्रधानमन्त्रीले शनिबार आयोजित एक कार्यक्रममा बताएका थिए । यसैबीच प्रधानमन्त्री प्रचण्डले आज संवैधानिक परिष्दको बैठक बोलाएका छन् ।