संवैधानिक परिषदको बैठक बस्दै  

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संवैधानिक परिषदको बैठक बोलाएका छन् ।

संवैधानिक निकायमा पदाधिकारी नियुक्तिका लागि सिफारिस गर्न बैठक  बस्न लागेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ। बैठक आज बिहान ९ बजे बस्नेछ ।

आइतबार नै बैठक बोलाइए पनि सभामुख देवराज घिमिरे जेनेभा भ्रमणमा गएकोले बैठक एक हप्ताका लागि सारिएको थियो।