देउवाले बोलाए केन्द्रीय कार्यसम्पादन समिति बैठक  

काठमाडौँ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले केन्द्रीय कार्यसम्पादन समिति बैठक बोलाएका छन् ।

निजी निवास बूढानीलकण्ठमा मंगलबार दिउँसो २ बजेका लागि सभापति देउवाले कार्यसम्पादन समिति बैठक बोलाएका हुन् ।

कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिमा पार्टी पदाधिकारी र वरिष्ठ केन्द्रीय सदस्यहरु रहेका छन् ।

बूढानिलकण्ठमा कार्यसम्पादनलगत्तै संसदीय बोर्ड बैठक गरेर इलाम २ र बझाङको प्रदेश सभा क्षेत्र १ मा हुने उपनिर्वाचनलाई पार्टीबाट उम्मेदवार तय गर्ने तयारी सभापति देउवाको छ।