प्रधानमन्त्रीले बोलाए आकस्मिक बैठक, के-के छन् एजेण्डाहरु ? 

काठमाण्डौँ - प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मन्त्रिपरिषद्क आकस्मिक बैठक बोलाएका छन् । 

शुक्रबार बिहान बालकुमारीमा भौतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वाला चढ्ने सरकारी गाडी जलेको र दिउँसो २ जना युवकको मृत्यु भएको घटनाबारे छलफल र निर्णय गर्न प्रधानमन्त्रीले मन्त्रिपरिषदको आकस्मिक बैठक बोलाएका हुन् । 

बैठक दिउँसो २ बजे बस्ने प्रधानमन्त्रीको सचिवालयले जानकारी दिएको छ । 

शुक्रबारको घटनाबारे प्रधानमन्त्री प्रचण्डले आज बिहान गृहमन्त्री नारायणकाजी श्रेष्ठसहित सुरक्षा निकायका प्रमुख र प्रमुख जिल्ला अधिकारीसँग छलफल गरी जानकारी गराएका थिए।