भूकम्प पीडितलाई एकमुष्ट ५० हजार दिन सरकारलाई कांग्रेसको आग्रह

काठमाडौँ - नेपाली कांग्रेसले भूकम्प पीडितलाई किस्ताबन्दीमा ५० हजार दिने निर्णयप्रति आपत्ति जनाएको छ । पार्टी सभापति शेरबहादुर देउवा निवास धुम्बाराहीमा भएको पदाधिकारी बैठकले भूकम्प पीडितलाई एकमुस्ट ५० हजार दिन सरकारको धन्यानाकर्षण गराएको हो ।

पार्टीको प्रचार विभाग प्रमुख मीनबहादुर विश्वकर्माले सरकारले निकासा गरेको ५० हजार रुपैयाँ अझै पीडित पाउन नसकेको बताए ।