यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर

काठमाडौँ - नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ । जस अनुसार आज अमेरिकी डलर एकको खरिद दर १३२ रुपैयाँ ९० पैसा रहेको छ भने बिक्री दर १३३ रुपैयाँ ५० पैसा रहेको छ ।

त्यस्तै, युरोपियन युरो एकको खरिद दर १४० रुपैयाँ ४२ पैसा रहेको छ भने बिक्री दर १४१ रुपैयाँ ०५ पैसा रहेको छ। बेलायती पाउन्ड स्टर्लिङ एकको खरिद दर १६१ रुपैयाँ २४ पैसा रहेको छ भने बिक्री दर १६१ रुपैयाँ ९७ पैसा रहेको छ ।

आज अस्ट्रेलियन डलर एकको खरिद दर ८४ रुपैयाँ १९ पैसा रहेको छ भने बिक्री दर ८४ रुपैयाँ ५७ पैसा रहेको छ। साउदी रियाल एकको खरिद दर ३५ रुपैयाँ ४२ पैसा रहेको छ भने बिक्री दर ३५ रुपैयाँ ५८ पैसा रहेको छ ।

मलेसियन रिंगिट एकको खरिद दर २७ रुपैयाँ ८१ पैसा रहेको छ भने बिक्री दर २७ रुपैयाँ ९४ पैसा रहेको छ। आज कतारी रियाल एकको खरिद दर ३६ रुपैया ५० पैसा र बिक्री दर ३६ रुपैया ६७ पैसा रहेको छ।

 

https://nepalstatus.com/category/exchnage-rate