अरिंगाल पोल्ने क्रममा लडेर वडा सदस्यको मुत्यु, गाउँपालिकाले दियो शोक विदा


काठमाण्डौँ - अरिंगाल पोल्ने क्रममा लडेर गोरखा आरुघाट गाउँपालिका–९ का ३४ वर्षीय शंकर माझीको मृत्यु भएको छ । माझी आरुघाट गाउँपालिका–९ का वडा सदस्य समेत हुन् । माझीको निधनमा बुधबार आरुघाट गाउँपालिकाले शोक बिदा दिएको छ ।

मंगलबार साझ आरुघाट–८ लामाबगरमा रहेको सिमलको रुखमा चढेर अरिंगाल पोल्ने क्रममा रुखको हाँगा भाँचिएर खस्दा माझी घाइते भएका थिए । उपचारको क्रमममा आरुचनौटे प्राथमिक स्वास्थ्य केन्द्रमा उनको मृत्यु भएको प्रहरी निरीक्षक रवीन्द्र अधिकारीले जानकारी दिए । माझी आरुघाट गाउँपालिका–९ का वडा सदस्य समेत हुन् । माझीको निधनमा बुधबार आरुघाट गाउँपालिकाले शोक बिदा दिएको छ ।