यमनको बाढीमा १६ को मृत्यु, खोजी जारी

काठमाडौँ - यमनको विद्रोही नियन्त्रित जिल्लामा आएको बाढीमा परी कम्तीमा १६ जनाको मृत्यु भएको र बेपत्ता भएका अन्यको खोजी कार्य जारी रहेको विद्रोही सञ्चारमाध्यमले बिहीबार बताएको छ ।

इरान समर्थिक हुथी विद्रोहीहरूको अल–मसिरा टेलिभिजनले एक स्थानीय अधिकारीलाई उद्धृत गर्दै नागरिक सुरक्षा टोलीले राजधानी सनाको पश्चिममा अल–महवित प्रान्तमा बेपत्ता भएका ३८ मध्ये १६ को शव फेला पारेको बताएको छ । प्रान्तको मेलहान जिल्लामा मङ्गलबार राति मुसलधारे वर्षाले पहिरो जाँदा घर र व्यवसायमा केही व्यक्तिलाई पुरेको थियो ।