सुनको मूल्य घट्यो, कति छ आजको बजार भाउ ?

काठमाडौँ । नेपाली बजारमा आज (बिहीबार) सुनको मूल्य घटेको छ । आज सुन प्रतितोला एक सय रूपैयाँ घटेको हो । 

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख ५३ हजार तीन सय रूपैयाँ निर्धारण भएको छ ।

त्यसैगरी, बिहीबार चाँदीको मूल्य भने बढेको छ । आज  बिहीबार चाँदी प्रतितोला एक हजार सात सय ९५ रूपैयाँमा किनबेच भइरहेको छ । यो मूल्य अघिल्लो दिनको तुलनामा प्रतितोला १५ रूपैयाँ बढेको हो ।