पाँचथर विस्फोट, १ जना बालिकाको मृत्यु, ३ जना बालक घाइते

काठमाण्डौँ - पाँचथर जिल्लाको फालेलुङ गाउँपालिका वडा नम्बर ५ मा बिहीबार साँझ भएको विस्फोटमा परी १ जना बालिकाको मृत्यु भएको छ ।
विस्फोटक पदार्थ विस्फोट हुँदा घाइते भएका चार बालबालिका मध्ये २ वर्षीया प्रिन्सा साँवाको उपचारका क्रममा झापाको विएनसीअस्पताल लाँदै गर्दा बाटोमा मृत्यु भएको हो । 

विस्फोटमा परी ११ वर्षीय दिपशन साँवा गम्भीर घाइते  छन । उनलाई पनि  जिल्ला अस्पताल पाँचथरमा उपचार हुन नसकेर थप उपचारको लागि झापाको बी एण्ड सी अस्पतालमा रेफर गरिएको छ । त्यसैगरी ११ वर्षीय पबन राईको जिल्ला अस्पताल पाँचथरमा उपचार भइरहेको छ । ७ वर्षीय दिपशन राई सामान्य घाइते भएकाले स्थानीय स्वास्थ्य चौकी प्राङबुङमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय पाँचथरले जनाएको छ ।

डाडागाउँ भन्ने स्थानमा आइतराज केरुङको घरमा विष्फोट भएको थियो । सुरक्षा निकायले यसलाई ‘होममेड ग्रिनेट’ को विस्फोट भएको अनुमान गरेको छ । तर नेपाली सेनाको टोलीले पुष्टीि गर्नुपर्ने प्रहरीले जनाएको छ । घटनास्थलमा फेला परेको विस्फोटक पदार्थले स्थानीयहरु त्रसित भएका छन । घटना कसरी भयो भन्ने बारेमा अनुसन्धान भइरहेको र थप विवरण आइनसकेको प्रहरीले जानकारी दिएको छ ।