कर्तब्य ज्यान मुद्दाका फरार अभियुक्त पक्राउ

काठमाडौँ । कर्तब्य ज्यान मुद्दामा फरार रहेका अभियुक्त २० वर्षपछि पक्राउ परेका छन् ।

कैलाली जिल्ला भजनी नगरपालिका ८ का ४७ वर्षिय लल्लन जागालाई वारदाता घटनाको २० वर्षपछि प्रहरीले मंगलबार पक्राउ गरेको हो ।

कर्तव्य ज्यान मुद्दामा संलग्न रही फरार रहेका लल्लनलाई इलाका प्रहरी कार्यालय राजापुर बर्दियासँगको समन्वयमा बेलुवा चोकबाट पक्राउ गरेको हो।

२०६१ जेठ ३० गतेदेखि कर्तव्य ज्यान मुद्दा तोकिएको थियो ।