कुटपिटबाट धनुषामा एक युवाको मृत्यु

काठमाडौ । धनुषमा कुटपिटबाट एक युवाको मृत्यु भएको छ । कुटपिटबाट गम्भीर घाइते ठाकुरको उपचारको क्रममा मंगलबार प्रादेशिक अस्पताल जनकपुरधाममा मृत्यु भएको हो।

धनुषाधाम नगरपालिका २ मंगलपुरका ४५ वर्षिय भोगेन्द्र ठाकुरको हत्या भएको धनुषाका प्रहरी प्रवक्ता रञ्जन अवाले जानकारी दिए ।

स्थानीय ४५ वर्षीया सुरजी मुखिया र उनका छोरा २१ वर्षीया नागेश्वर मुखियाको कुटपिटबाट ठाकुरको मृत्यु भएको र श्रीमती श्यामु घाइते भएको प्रवत्ता अवाले बताए ।

प्रवक्ता अवाको अनुसार घटना लगतै कुटपिटमा संलग्न आरोपमा आमाछोरालाई नियन्त्रणमा लिइएको छ । घटना विषयमा थप अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ।