काठमाडौँमा जुवा खेलिरहेका नौ जना १० लाख नगद सहित पक्राउ

काठमाडौँ । काठमाडौँको बूढानिलकण्ठबाट जुवा खेलिरहेको अवस्थामा नौ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

बूढानिलकण्ठ नगरपालिका - ५ देउला टोलका १ वर्षीय कविर देउलालगायतका व्यक्तिलाई १० लाख ११ हजार रुपैयाँ र १३ ओखरसहित पक्राउ गरिएको प्रहरी प्रधान कार्यालय काठमाडौँले जानकारी दिएको छ ।

काठमाडौं महानगरपालिका–४, चुनदेवीस्थित यमकुमारी आलेको घरमा जुवा (ओखर) खेलिरहेको अवस्थामा सोमबार साँझ उनीहरूलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।