केन्द्रीय समिति बैठक प्रत्यक्ष प्रसारण गर्न महामन्त्री ढकालको प्रस्ताव  

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समितिको बैठक प्रत्यक्ष प्रसारण गर्न प्रस्ताव गरिएको छ ।

१९ असार बुधबारका लागि डाकिएको केन्द्रीय समितिको बैठक प्रत्यक्ष प्रसारण गर्ने आफूले प्रस्ताव राखेको महामन्त्री मुकुल ढकालले जानकारी गराए ।

बैठक लाइभ गर्ने वा नगर्ने सम्बन्धमा सभापतिबाट जवाफ आइनसकेको उनले बताए। महामन्त्री ढकालले बुधबार पार्टी सभापति रवि लामिछानेलाई समीक्षा प्रतिवेदन बुझाएका छन् ।

इलाम–२ को उपचुनावमा हार व्यहोरेपछि महामन्त्री ढकालले समीक्षा यात्रामा निस्किएका थिए । उनले ३९ जिल्ला घुमेर प्रतिवेदन बुझाएका छन् ।

प्रतिवेदनमा पार्टी संकटापन्न अवस्थामा पुगेको र मुस्किलले राष्ट्रिय पार्टी बन्न सक्ने निष्कर्ष निकालेका छन् । प्रतिवेदन सभापति रवि लामिछानेलाई बुझाइए पनि सार्वजनिक भने गरिएको छैन ।

महामन्त्री ढकाललाई रास्वपा अनुशासन समितिले गत शुक्रबार स्पष्टीकरण सोधेको थियो ।