प्रधानमन्त्री प्रचण्ड र ओलीबीच सिंहदरबारमा भेटवार्ता  

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता जारी छ ।

सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा नेताद्वयबीच छलफल भएको हो ।

समसामयिक विषयमा छलफल भइरहेको प्रधानमन्त्रीको सचिवालयले जानकारी गराएको छ । ओली आइतबार बिहान करिब साढे ११ बजे सिंहदरबार पुगेका थिए ।