'महिनाको १५ दिन पाँच तारे होटलमा खाना खाने नेताहरूले समाजवाद ल्याउँदैनन्' : सिके राउत

काठमाण्डौँ - जनमत पार्टीका अध्यक्ष डा चन्द्रकान्त राउतले ४३ प्रतिशत जनता गरिबीको रेखामुनी रहेको देशमा महिनाको १५ दिन पाँच तारे होटलमा खाना खाने नेताहरुले समाजवाद ल्याउन नसक्ने बताएका छन् ।

आइतबार काठमाडौँमा नेकपा एकीकृत समाजवादीको  राष्ट्रिय महाधिवेशनलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । महिनाको १५ दिन पाँचतारे होटलमा खाना खान जाने नेताहरूले म समाजवादी हुँ भन्न नसुहाउने बताए ।