नेपालको भूराजनीतिका कारणले निकै ठूलो दबाबमा छ : विप्लव    

काठमाडौँ  । नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्दले नेपाल पेचिलो परिस्थितिमा रहेको बताएका छन्।

आइतवार काठमाडौँमा नेकपा एकीकृत समाजवादीको राष्ट्रिय महाधिवेशनलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्।

उनले नेपालको राष्ट्रिय स्वाधीनता आजको विश्वको ध्रुवीकृत राजनीति, नेपालको भूराजनीतिका कारणले निकै ठूलो दबाबमा रहेको बताए।

उनले नेपाल सुन्दर र स्रोत साधनले पूर्ण रहेकाले सबैको आँखा नेपालमा रहेको बताए। उनले विश्वका विभिन्न कुदृष्टि नेपालमाथि परिरहेको बताए।

उनले नेपालमा रहेका स्रोत साधन कब्जा गर्ने होडबाजी चलिरहेको बताए। नेपाली श्रमिक जनताका चाहना अधुरै रहेको पनि उनले बताए।

‘नेपालको राष्ट्रिय स्वाधीनता आजको विश्वको ध्रुवीकृत राजनीति, नेपालको भूराजनीतिका कारणले निकै ठूलो दबाबमा छ। हाम्रो देश सुन्दर पनि छ, निकै स्रोत साधनले सम्पन्न पनि भएकाले आज सम्पूर्ण कुतत्वहरुको आँखा नेपालका स्रोत साधन कब्जा गर्ने होडबाजी तीव्र गतिले चलिरहेको छ‚’ उनले भने, ‘नेपालका मजदुर किसानहरु, जाति जनजातिहरु, मधेश, पहाड, महिला, श्रमिक समुदाय, दलितहरु, उत्पीडित जाति, वर्ग, क्षेत्र , लिंग र समुदायहरु छन्, यि सबै नेपालको आजको परिस्थितिमा सन्तुष्ट छैनन्।’