ह्वात्तै बढ्यो सुनको मूल्य, तोलाको कतिमा हुँदैछ कारोवार ? 

काठमाडौँ - नेपाली बजारमा सुनचाँदीको मूल्य बढेको छ।  मंगलबार सुनको मूल्य प्रतितोला १ लाख १० हजार ५ सय रुपैयाँ कायम भएको हो ।

सोमबार प्रति तोला १ लाख ८ हजार १ सय रुपैयाँमा कारोबार भईरहेको छापावाला सुन मूल्य २ हजार ४ सय रुपैयाँले बढेर प्रति तोला १ लाख १० हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । तेजावी सुनको मूल्य तोलाको १ लाख ९ हजार ९ सय ५० रुपैयाँ निर्धारण भएको छ ।

यता, चाँदीको मूल्य प्रति तोला १ हजार ३ सय ७५ रुपैयाँ कायम भएको छ । चाँदीको मूल्य प्रति तोला १५ रुपैयाँले बढेको हो ।  सोमबार चाँदीको मूल्य प्रति तोला १ हजार ३ सय ६० रुपैयाँमा कारोबार भएको थियो ।