आविष्कार केन्द्रका संस्थापक महाबीर पुनसँग सरकारले थाल्यो वार्ता

 काठमाडौँ - बिभिन्न माग राखेर माइतीघर मण्डलामा धर्ना बसेका राष्ट्रिय आविष्कार केन्द्रका संस्थापक महाबीर पुनसँग सरकारले वार्ता शुरु गरेको छ ।

अनुसन्धान, नवप्रवर्तन र आविष्कारमा सरकारले ध्यान नलिएको भन्दै चार बुँदे मागसहित पुन गत शुक्रबारदेखि माइतीघरमा धर्ना बसेका थिए । सिंहदरवार स्थित रक्षा मन्त्रालयमा भइरहेको वार्तामा सरकारका तर्फबाट कानुन मन्त्रीको समेत जिम्मेवारी सम्हालेका उपप्रधानमन्त्री तथा रक्षामन्त्री पूर्ण खड्का र आविष्कार केन्द्रका तर्फबाट पुनसहित अन्य सहभागी रहेका छन् ।