एक–एक मतको उच्च सम्मान गरेर काम गर्ने नवनिर्वाचित सांसद सुहाङको प्रतिबद्धता

काठमाडौँ । इलाम–२ मा नवनिर्वाचित सांसद सुहाङ नेम्वाङले एक–एक मतको उच्च सम्मान गरेर काम गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।

मतगणनास्थल गौतमबुद्ध सभागृह सिटी हलमा आयेजित कार्यक्रममा निर्वाचित भएको प्रमाणपत्र बुझ्दै उनले यस्तो बताएका हुन् ।

सुहाङलाई मुख्य निर्वाचन अधिकृत केशवप्रसाद घिमिरेले प्रमाणपत्र प्रदान गरेका छन् । कार्यक्रममा सुहाङले बुबा सुवास नेम्वाङले देखाएको बाटोमा काम गर्ने बताए ।

इलामका मतदाताको शिर झुक्न नदिने प्रतिबद्धता पनि जनाए । “बुबाले देखाएको उज्यालो बाटोमा काम गर्छु । तपाईंहरुको शिर झुक्न दिने छैन,” नेम्वाङले भने ।