सहकारी र लघुवित्त ठगी गर्नेलाई सरकारले नै जोगाएको सांसद केसीको आरोप

काठमाडौँ । नेपाली कांग्रेसका सांसद अर्जुननरसिंह केसीले सहकारी र लघुवित्तको रकम ठगी गर्नेलाई सरकारले नै जोगाएको आरोप लगाएका छन्।

शनिबार काठमाडौँमा आयोजति एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले अहिले देशव्यापी सहकारी र लघुवित्त ठगी खाने भाँडो भएको र त्यस्ता ठग्नेहरुलाई सरकारले संरक्षण गरेको बताए।

उनले अहिले राष्ट्रिय परिस्थिति दिनप्रतिदिन चुनौतितर्फ अघि बढिरहेको जिकिर गर्दै नागरिकमा निराशा छाएको बताए। उनले जनतामा निराशा र अनुन्तुष्टि आइरहेको भन्दै बिस्तारै समाज विद्रोह र अराजकतातिर उन्मुख भइरहेको पनि जिकिर गरे।

उनले अहिले सरकार सरकारजसरी र संसद संसदजसरी सञ्चालन हुन नसकेको पनि बताए।