आजको मौसम : ठाउँ-ठाउँमा पानी पर्ने सम्भावना, आइतबारदेखि मौसम सुधार हुने

काठमाण्डौँ - हाल देशभर आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहेको छ । आज दिउँसो गण्डकी, लुम्बिनी, कर्णाली  र सुदूरपश्चिम प्रदेशलगायत देशको पहाडी भूभागका थोरै स्थान तथा बाँकी भूभागका एक-दुई स्थानमा मेघगर्जनरचट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । 

देशका उच्च पहाडी तथा हिमाली भूभागका थोरै स्थानहरूमा हल्का हिमपातको सम्भावना रहेको छ । आज राति गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशको पहाडी भूभागको थोरै स्थानमा मेघगर्जनरचट्याङ्गसहित हल्का वर्षाको सम्भावना छ । 

गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशको उच्च पहाडी तथा हिमाली भूभागका थोरै स्थानहरू र बाँकी प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका एकदुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको महाशाखाको भनाइ छ । 

केही दिनयता हल्का वर्षासहित मौसममा भइरहेको बदली आजसम्म रहने महाशाखाले जनाएको छ । आइतबारदेखि मौसम क्रमशः सुधार हुने छ । न्यून चापीय वायुको प्रभाव भोलिरदेखि कमजोर भई मौसममा सुधार हुने महाशाखाको पूर्वानुमान छ ।