चैत २१ गतेसम्म लगातार प्रतिनिधि सभाको बैठक बस्ने

काठमाडौँ -  प्रतिनिधि सभाका सभामुख देवराज घिमिरे र विभिन्न दलका प्रमुख सचेतक र सचेतकबिचको छलफल सकिएको छ । बिहान सिंहदरबारमा बसेको बैठकमा आगामी चैत २१ गतेसम्म लगातार प्रतिनिधि सभाको बैठक सञ्चालन गर्ने कार्यतालिका बनेको छ । 

बैठकपछि बोल्दै नेपाली कांग्रेसकी सचेतक सुशीला थिङले चैत १८, १९, २० र २१ गते लगातार प्रतिनिधि सभाको बैठक चलाउने क्यालेन्डर बनाएको जानकारी दिइन् ।  प्रतिपक्षी दलको तर्फबाट राजनीतिक दलसम्बन्धी विधेयक विवादमा जोडिएको हुनाले अहिले नल्याउने र त्यसलाई २७ गते सार्ने प्रस्ताव गरेको बताइन् ।