पार्टी कार्यालय बालकुमारीमा  जसपा सङ्गठन विभागको बैठक जारी

काठमाडौँ । जनता समाजवादी पार्टी (जसपा) नेपालको केन्द्रीय सङ्गठन विभागको बैठक बसिरहेको छ।

सङ्गठित पार्टी सदस्यता वितरण र नवीकरणको अवस्थाबारे छलफल गर्न विभागको बैठक अहिले पार्टी कार्यालय बालकुमारीमा बसिरहेको हो ।

जसपाले सङ्गठित पार्टी सदस्यता वितरण वा नवीकरणको लागि मातहत समिति र सङ्गठनलाई चैत्र १० सम्मको समयसीमा तोकेको थियो ।

बैठकले पार्टी समिति र सङ्गठनबाट वितरण र नवीकरण भई आएका सङ्गठित पार्टी सदस्यताबारे जानकारी लिने र त्यसउपर आवश्यक जाँचबुझ गर्नेबारे छलफल गर्ने प्रचार तथा प्रकाशन विभागका प्रमुख पूर्ण बस्नेतले जानकारी दिए।

जेठ २८ गतेदेखि पार्टीको प्रथम राष्ट्रिय महाधिवेशन गर्न लागेको जसपाले गत मङ्सिर ३० गतेसम्म पार्टी सदस्यता प्राप्त गरिसकेका वा पार्टी सङ्गठनमा आबद्ध रहेका पार्टी सदस्यलाई मात्र सङ्गठित पार्टी सदस्यता दिन सकिने व्यवस्था गरेको छ ।