केही महिना भित्रै सत्तारुढ गठबन्धन टुट्ने काँगेस नेता कोइरालाको दाबी 

काठमाडौँ । प्रमुख प्रतिपक्ष दल नेपाली काँगेसका नेता डा.शेखर कोइरालाले केही महिना भित्रै सत्तारुढ गठबन्धन टुट्ने दाबी गरेका छन्।

शनिबार काठमाडौँमा विपी स्मृति सामुदायिक अस्पतालको १६ औं वार्षिक साधारण सभामा बोल्दै नेता कोइरालाले केही महिनापछि फेरि अर्को गठबन्धन बन्ने बताएका हुन्।

उनले गठबन्धनको टुटफुटको शृंखला केन्द्रबाट नभई सातवटा प्रदेशबाट सुरू हुने बताएका हुन्।

‘भोलि यही बागमती प्रदेशबाट शुरु हुन्छ।सातै वटै प्रदेशमा हुन्छ।केही दिन वा केही महिनापछि फेरि अर्को गठबन्धन बन्छ,’ उनले भने।

कोइराला नेपाली कांग्रेस प्रमुख प्रतिपक्षी दल भएका कारण सत्तामा जाने ‍प्रयास गरिराख्ने बताए। कोइरालाले गठबन्धन फुट्दा कांग्रेसको साढे ७ प्रतिशत भोट घटेको बताउँदै उनले आगामी निर्वाचनमा एक्लै लड्ने बताए।