आज च्याउ, साग, हरियो तरकारीदेखि फलफूलसम्मको मूल्य कति छ ? 

काठमाडौँ - कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिका अनुसार आज शनिबार ठुलो नेपाली गोलभेडा प्रतिकेजी ७६ रुपैयाँ ६७ पैसा, ठुलो भारतीय गोलभेडा ७५ रुपैयाँ, रातो आलु, लोकल सानो गोलभेडा, पाकेको फर्सी, बरेला, स्कूस र हरियो तरबुजा प्रतिकेजी ४५ रुपैयाँ तोकिएको छ । 

यसैगरी, टनेल गोलभेडा प्रतिकेजी ८० रुपैयाँ,  भारतीय रातो आलु ३९ रुपैयाँ, सुकेको प्याज ७२ रुपैयाँ ४० पैसा, लोकल गाजर ३८ रुपैयाँ ३३ पैसा, तराई गाजर २७ रुपैयाँ ७५ पैसा, लोकल बन्दा २० रुपैयाँ, स्थानीय काउली २५ रुपैयाँ, स्थानीय ज्यापु काउली ३५ रुपैयाँ निर्धारण गरिएको छ । 

तने बोडी ८६ रुपैयाँ, मटरकोशा ५६ रुपैयाँ ६७ पैसा, राजमा घिउ सिमी ९५ रुपैयाँ, तितो करेला १०५ रुपैयाँ, घिरौला ६५ रुपैयाँ, परवर ८६ रुपैयाँ, लौका ३५ रुपैयाँ, भिण्डी ९४ रुपैयाँ, रायोको साग ५६ रुपैयाँ ६७ पैसा, पालूगो, चमसूरको साग ११६ रुपैयाँ ६७ पैसा, तोरीको साग ४६ रुपैइाँ ६७ पैसा, मेथीको साग ११५ रुपैयाँ, बकूला ५५ रुपैयाँ, कन्य च्याउ ९० रुपैयाँ, डल्ले च्याउ २०० रुपैयाँ र कुरीलो ५०० रुपैयाँ पर्नेछ ।