इलाममा परिवर्तनको घण्टी बजिसक्यो : रवि लामिछाने

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले इलाममा परिवर्तनको घन्टी बजिसकेको बताएका छन् ।

शनिबार इलामको चोक बजार लाँकुरी चौतारामा एक कार्यक्रमको आयोजना गरी उम्मेदवार मिलन लिम्बूको उम्मेदवारी सार्वजनिक गर्दै  उनले इलामले परिवर्तन खोजेको बताए। पार्टी सभापति लामिछानेले अब चाँडै नै विजयी जुलुसमा उभिने घोषणा समेत गरे।

पार्टी सभापति रवि लामिछाने, उपसभापति डा.स्वर्णिम वाग्ले, पार्टीका संसदीय दलका उपनेता विराजभक्त श्रेष्ठसहितका पार्टीका नेताहरू इलाम पुगेर उम्मेदवार सार्वजनिक गरेका छन् ।

आगामी वैशाख १५ गते इलाम क्षेत्र नम्बर २ मा हुन लागेको प्रतिनिधि सभाको उपनिर्वाचनका लागि राष्ट्रिय स्वतन्त्र पार्टीले उम्मेदवारी घोषणा गरेको छ।