उपनिर्वाचनमा एमालेले जित्ने ओलीको दाबी

काठमाडौँ ।  एमाले अध्यक्ष केपी शर्मा ओलीले वैशाख १५ गते हुने उपनिर्वाचनमा आफ्नो पार्टीले जित्ने दाबी गरेका छन्। उनले प्रतिनिधि सभा इलाम क्षेत्र नम्बर २ र बझाङको प्रदेश सभा १ मा हुने उपनिर्वाचनमा एमालेले जित्ने बताए।

अध्यक्ष ओलीले तत्कालीन अवस्थामा एमालेका हस्ती नेताहरुले पार्टी विभाजन गरेर जाँदा पनि पार्टीले धेरै ठाउँमा हारको सामना गर्नुपरेको स्मरण गराउँदै यो पटक हार्न नमिल्ने बताए ।

काठमाडौँमा शनिवार आयोजित एक कार्यक्रममा उनले एमालेबिरुद्ध सबै एकातिर हुने गठबन्धन टुटेकाले उपनिर्वाचनमा हार्नुपर्ने कुनै कारण नरहेको पनि बताए।

उनले भने,  ‘विगतमा विभिन्न कारणले र एउटा महत्वपूर्ण कारण हाम्रा बिरुद्धको अत्यन्तै खतरनाक गठबन्धन हामी एकातिर अरु सबै एकातिर भएको अवस्था त्यसको हामीले सामना गर्नु परेको थियो। र पराजयको पीडा व्यहोर्नुपरेको थियो।

गत निर्वाचनमा सबै एकातिर, हामी एकातिरको अवस्थामा थियौं। हाम्रै पार्टीका हस्ती भनिएका अनेक नेताहरु पार्टीबाट अलग भएका थिए, पार्टी फुटाएका थिए। एमाले त शुन्य सिटमा झर्छ समेत भनेका थिए। त्यो शाहस हामीबिरुद्धको गठबन्धनबाट आएको थियो।’ 

उनले प्रतिनिधि सभा इलाम क्षेत्र नम्बर २ र बझाङको प्रदेश सभा १ मा हुने उपनिर्वाचनमा एमालेले जित्ने बताए।