प्रदर्शनकारीले मलाई निकालेर गाडी जलाए : मन्त्री ज्वाला

काठमाडौँ - भौतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वालाले आफूलाई निकालेर प्रदर्शनकारीले गाडीमा आगो लगाएको बताएका छन् ।
रोजगार अनुमति प्रणाली इपिएस परीक्षाको विषयलाई लिएर आन्दोलनमा उत्रिएका प्रदर्शनकारीले आज ललितपुरको बालकुमारीमा मन्त्री ज्वाला चढेको बा २ झ ५८६१ नम्बरको गाडी जलाइ दिएका हुन् ।

‘म हतारमा बालकुमारीबाट सातदोबाटोतर्फ जाँदै थिएँ । बीचमा इपिएसवालाको लफडा चलिरहेको रहेछ, मलाई थाहा थिएन । उनीहरू आन्दोलन गरिरहेका थिए । प्रहरीसँग पनि तनाबकै अवस्था रहेछ । हाम्रो गाडीलाई बीचमा पारिहाले । निशानामा हामी पर्‍यौं । उनीहरूले पहिले हावा खुस्काए । धकेलाधकेल गर्न थाले। मैले केही मेसै पाइनँ,’ उनले भने ।