६ जनाको नागरिकता रद्द, दुई दिन सार्वजनिक बिदा ब्युँताइयो, यी हुन् मन्त्रिपरिषद्का २३ निर्णय

काठमाडौँ - सरकारले झुटा विवरण पेस गरी लिएका ६ जनाको नेपाली नागरिकता रद्द गरेको छ । पुस १२ गते बसेको मन्त्रिपरिषदको बैठकले झुटा विवरण पेस गरी सिरहाबाट लिएका ६ जनाको नागरिकता रद्द गरेको हो ।

पुस ५ र १२ गतेका मन्त्रिपरिषद्का निर्णय आज सार्वजनिक गर्दै सो जानकारी दिइएको हो । यस्तै सरकारले सार्वजनिक बिदा दुई दिन थप गरेको छ ।


बिहीबार बसेको मन्त्रिपरिषद् बैठकको निर्णय सुनाउँदै सञ्चारमन्त्री रेखा शर्माले साविकको बिदामा दुई दिन थप गरेको जानकारी दिइन् । ‘साविकको बिदा कायम छन् । माघ १६ को सहिद दिवस र रामनवमीमा बिदा दिने निर्णय भएको छ’, उनले भनिन् । यी दुई बिदा पहिले दिने गरिएकोमा हटाइएको थियो ।