एमाले अध्यक्ष ओली आज चितवन जाँदै

काठमाडौँ - नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली आज चितवन जाँदैछन् । चितवन जिल्लामा हुने कार्यकर्ता भेलालाई सम्बोधन गर्न ओली त्यसतर्फ जान लागेका अध्यक्ष ओलीको सचिवालयले जनाएको छ । 

उनी बिहान १० बजे चितवन जाने र भरतपुरको कालिका व्यांक्वेट खोलेसिमलमा आयोजना हुने भेलालाई सम्बोधन गरेर आजै काठमाडौं फर्कने सचिवालयले जनाएको छ ।