राष्ट्रपति पौडेलसँग प्रधानमन्त्रीको भेटवार्ता

काठमाडौँ - राष्ट्रपति रामचन्द्र पौडेलसँग प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले भेटवार्ता गरेका छन् । जलवायु परिवर्तनसम्बन्धी राष्ट्रसंघीय सम्मेलन कोप–२८ मा सहभागी हुन प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ आज  संयुक्त अरब इमिरेट्स जानुअघि राष्ट्रपति भवन शीतल निवासमा उक्त भेट भएको हो ।

सो अवसरमा राष्ट्रपति पौडेलले सम्मेलनमा जलवायु परिवर्तन, हिमाल बचाउ र चुरे संरक्षणका बारेमा प्राथमिकताका साथ विश्व समुदायको ध्यानाकर्षण गराउन र त्यसबाट नेपालले लाभ लिने परिस्थिति सिर्जना गर्न समेत प्रधानमन्त्री प्रचण्डलाई सुझाव दिएको राष्ट्रपतिका प्रेस सल्लाहकार किरण पोखरेलले जानकारी दिएका छन् ।