स्वर्णिम वाग्ले रास्वपा उपसभापतिमा नियुक्त

काठमाडौँ - डा स्वर्णिम वाग्ले राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाको उपसभापति नियुक्त भएका छन् । सोमबारदेखि बसेको केन्द्रीय समिति र संसदीय दलको संयुक्त बैठकले डा वाग्लेलाई उपसभापति बनाउने निर्णय गरेको हो ।
 
डा। वाग्ले अर्का उपसभापति डिपी अर्यालपछिको वरीयता तोकिएको छ । कांग्रेसले संघीय निर्वाचनमा टिकट नदिएपछि असन्तुष्ट रहेका वाग्ले गत वैशाखको उपचुनावअघि रास्वपा प्रवेश गरेका थिए ।

तनहुँ निर्वाचन क्षेत्र नम्बर–१ मा रास्वपाबाट चुनाव लडेका उनी कांग्रेसका गोविन्द भट्टराईलाई पराजित गर्दै सांसद निर्वाचित भएका थिए ।