'हमासको आक्रमणमा १० नेपालीले ज्यान गुमाएकोप्रति दु:खी छु' : महासचिव गुटेरेस

काठमाडौँ - संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेस हमासको आक्रमणमा परी इजरायलमा ज्यान गुमाएका १० जना नेपालीप्रति दुस्ख व्यक्त गरेका छन् । आइतबार प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डुसँगको भेटपछि महासचिव गुटेरेसले हमासको आक्रमणमा ज्यान गुमाएका नेपाली विद्यार्थीप्रति दुस्ख व्यक्त गरेका हुन् ।

उनले इजरायलमा निधन भएकाको परिवारप्रति समवेदना व्यक्त गरे । महासचिव गुटेरेसले सर्वसाधारणको ज्यान जानेगरी भएको आक्रमण अस्विकार्य भएको उनले बताए।  उनले तत्काल युद्धको अन्त्य गर्न दुवैपक्षलाई आग्रह गर्दै कब्जा लिएका नागरिकहरूलाई विनाशर्त रिहाइ गर्न आग्रह गरे। महासचिव गुटेरेसले सबैपक्षले अन्तर्राष्ट्रिय मानवीय कानुनको पालना गर्नुपर्ने बताए ।