सिन्धुपाल्चोक चौताराका सबइन्जिनियरसहि तीन जनाविरुद्ध भ्रष्टाचार मुद्दा दर्ता

काठमाडौँ । सिन्धुपाल्चोक चौतारास्थित पूर्वाधार विकास कार्यालयका सबइन्जिनियर सहित थप तीनजना विरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुद्दा दर्ता गरेको छ ।

ग्रामीण सडकको स्तरोन्नति गर्ने क्रममा सबइन्जिनियर हिराबाबु थापा सुपरभाइजर नहकुल शिवाकोटी र सुम्बा शेर्पाविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले रिट दायर गरेको हो ।

ग्रामीण सडकको स्तरोन्नति गर्ने क्रममा उनीहरूले ८० हजार रुपैयाँ घुस लिएको दाबीसहित अख्तियारले सोमबार विशेष अदालत काठमाडौँमा मुद्दा दायर गरेको हो ।