भारतमा जगन्नाथ रथ यात्राले हाईटेन्सन छुँदा ७ जनाको मृत्यु, १८ घाइते

काठमाण्डौँ - त्रिपुराको उनाकोटी जिल्लामा बुधबार साँझ भगवान जगन्नाथको रथ हाईटेन्सन तारको चपेटामा परेको छ । जसका कारण ७ जनाको मृत्यु भएको छ। सोही क्रममा १८ जना जलेका छन् । 

भगवान जगन्नाथको उल्टा रथयात्राका क्रममा अपरान्ह् ४ः३० बजे कुमारघाट क्षेत्रमा उक्त घटना भएको प्रहरीले जनाएको छ प्रदेशका मुख्यमन्त्री माणिक साहले दुर्घटनाप्रति दुःख व्यक्त गरेका छन् । दुर्घटनामा धेरै तीर्थयात्रीको ज्यान गएको उनले बताए। योसँगै धेरै मानिस घाइते भएका छन् ।