धान रोप्न जहाज चढेर चितवन पुगे प्रधानमन्त्री दाहाल

चितवन - प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ राष्ट्रिय धान दिवस मनाउन चितवन पुगेका छन् । शनिबार मनाइने धान दिवसका लागि प्रधानमन्त्री प्रचण्ड शुक्रबार साँझ नै चितवन पुगेका हुन् । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाको नेतृत्वमा चितवनको रत्ननगर नगरपालिका–६, बछौलीमा रहेको बछुली बहुउद्देश्यीय कृषक समूहको खेतमा मेशिनको प्रयोग गरी धान रोपेर धान दिवस मनाउन तयारी छ ।

सो अवसरमा प्रधानमन्त्री दाहालले मेशिनबाट धान रोप्ने कार्यक्रम छ । जलवायु मैत्री कृषि, धान उत्पादनमा वृद्धि’ भन्ने नाराका साथ शनिबार २१ औं राष्ट्रिय धान दिवस तथा रोपाइँ महोत्सव, मनाइँदै छ । क वर्ष मलको चरम अभाव व्यहोरिरहेका किसानले यो रोपाइँमा पनि रायायनिक मल पाएका छैनन् । असारमा रोपाइँमा व्यस्त हुनुपर्ने किसान रासायनिक मलकै चिन्तामा छन् । रोपाइँ छाडेर मल बिक्री केन्द्रमा धाउनु उनीहरूको बाध्यता हो ।