दाङको चिसापानीमा बस दुर्घटना हुँदा २५ जना घाइते  

काठमाडौँ । दाङको चिसापानीमा बस दुर्घटना हुँदा २५ जना घाइते भएका छन् ।

भारतीय सीमावर्ती गाउँ कोइलाबासबाट लमही आउँदै गरेको बस गढवा–कोइलाबास सडक खण्डको चिसापानीमा दुर्घटना भएको हो ।

बुधबार दिउँसो गढवा गाउँपालिका वडा नम्बर ५ चिसापानीमा लमही आउँदै गरेको रा १ ख ८३३ नम्बरको बस दुर्घटना हुँदा बसमा सवार २५ जना घाइते भएका र घाइतेहरुलाई उपचारका लागि लमही अस्पताल पठाइएको इलाका प्रहरी कार्यालय गढवाका प्रहरी निरीक्षक कालिका कार्कीले जानकारी दिए ।

कार्कीको अनुसार घाइते सबैको अवस्था सामान्य छ । बस ओरालोमा ब्रेक फेल भई बस अनियन्त्रित भएर दुर्घटना भएको हुनसक्ने प्रहरीको अनुमान रहेको छ ।  प्रहरीका अनुसार बस सडक किनारको नालीमा पल्टिएको छ ।