कोसी सरकारविरुद्धको रिट न्यायाधीश शर्मा र सुवेदीको इजलासमा 

काठमाडौं । कोसी प्रदेश सरकारविरुद्धको रिट सर्वोच्चका न्यायाधीश मनोज शर्मा र शारंगा सुवेदीको इजलासमा परेको छ ।

कोसी प्रदेशमा संविधानको धारा १६८(५) बमोजिम मुख्यमन्त्री बनेका केदार कार्कीलाई सदनमा अविश्वासको प्रस्ताव समेत नल्याइ अर्को मुख्यमन्त्री नियुक्तिपछि तत्कालीन मुख्यमन्त्री कार्कीले सर्वोच्चमा रिट दायर गरेका थिए ।

यसअघि दुईपटक मुख्यमन्त्री भइसकेका नेकपा एमाले संसदीय दलका हिक्मतकुमार कार्की तेस्रोपटक कोसी प्रदेशको मुख्यमन्त्रीमा बहाल छन् ।

संविधानकोे धारा १६८(५) मा पुगेर सांसदहरूको समर्थनमा मुख्यमन्त्री भएको व्यक्तिविरुद्ध अविश्वास प्रस्तावसमेत नलगी कसरी सरकार परिवर्तन भयो भन्ने प्रश्न लिएर तत्कालीन मुख्यमन्त्री कार्कीले दायर गरेको रिटमा वैशाख २८ गते न्यायाधीश हरि फयालको इजलासले गम्भीर प्रश्नसहित पूर्ण सुनुवाइबाट निक्र्यौल निकाल्नुपर्ने निर्णय गरेका थियो ।