न्यूजिल्याण्डमा सवारी दुर्घटनामा परेर एक नेपालीको मृत्यु

काठमाडौँ - न्यूजिल्याण्डमा एक जना नेपाली युवाको सवारी दुर्घटनामा मृत्यु भएको छ । 

गत शुक्रबार धनुषाको शहिदनगर नगरपालिका घर भएका ३३ वर्षीय सुरेन्द्र सर्वरियाको काममा जाने क्रममा सवारी दुर्घटनामा परी ज्यान गएको एनआएएनए न्यूजिल्याण्डका प्रवक्ता रामहरि पाण्डेले जानकारी दिए । 

उनको शव अहिले अस्पातलमा रहेको र नेपाल पठाउनेबारे आवश्यक प्रकृयामा रहेको पाण्डेको भनाइ छ। एनआरएनए न्यूजिल्याण्डले उनको शव नेपाल पठाउन १८ हजार डलर लाग्ने जनाएको छ। त्यसका लागि रकम अभाव भएकोले सहयोगको अपिल समेत गरेको छ ।

सर्विरयाका श्रीमति र एक छोरा र एक छोरी नेपालमै रहेको पनि पाण्डेको भनाइ छ ।