मुलुकलाई निराशाबाट बाहिर निकाल्ने क्षमता भएको पार्टी कांग्रेस मात्रै हो : महामन्त्री थापा  

काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले कांग्रेस मुलुकलाई निराशाबाट बाहिर निकाल्ने क्षमता भएको पार्टी कांग्रेस मात्रै भएको दाबी गरेका छन् ।

संवाद यात्राका क्रममा कपिलवस्तुको लगानीमा आयोजित कार्यक्रममा थापाले  यस्तो बताएका हुन् ।

उनले भने,  ‘नेकपा एमालेसँग आन्दोलन गर्ने क्षमता छ । मधेसी पार्टीहरूसँग नागरिकलाई उद्वेलित बनाउने क्षमता छ । नयाँ पार्टीसँग हल्ला गर्ने क्षमता होला,’ उनले भने, ‘तर, मुलुकलाई निराशाबाट बाहिर निकाल्ने क्षमता र चरित्र भएको पार्टी कांग्रेस नै हो ।’

मुलुकलाई निराशा चिर्नका लागि पहिला कांग्रेसभित्रको पनि निराशा चिर्नुपर्ने थापाको भनाइ छ । यस्तै आगामी चुनावअघि गठबन्धन नगर्ने महासमितिबाट पारित प्रस्ताव केन्द्रीय समिति बैठकबाट अनुमोदन हुने महामन्त्री थापाले बताए ।