संस्थागत विद्यालयलाई नेपालीपन झल्कने नाम राख्न काठमाडौँ महानगरको निर्देशन

काठमाडौँ - काठमाडौं महानगरपालिकाले संस्थागत विद्यालयहरूलाई नेपालीपन झल्कने नाम राख्न निर्देशन दिएको छ ।

महानगरले एक सूचना जारी गर्दै महानगरभित्रका सबै संस्थागत विद्यालयहरूलाई एक महिना भित्र आफ्नो नाम शिक्षा नियमावलीअनुसार राख्न निर्देशन दिएको हो ।