मेनुका पौडेलको स्वरमा छुनै हुन्न जस्तो गीत सार्वजनिक {भिडिओसहित}

काठमाण्डौँ - गायिका मेनुका पौडेलको स्वरमा नयाँ गीत सार्वजनिक भएको छ । 
अफिसियल प्रदीप चौपागाईं युट्युब च्यानलमार्फत छुनै हुन्न जस्तो बोलको गीत सार्वजनिक गरिएको हो। प्रदीप चापागाईंको शब्द रहेको गीतमा सिडी विजय अधिकारीले संगीत भरेका छन् । 

शान थापाले निर्देशन गरेको गीतको भिडिओमा प्रभात पल ठकुरी र जुना सुन्दासलाई देख्न सकिन्छ । अरुण तिवारीले छायांकन गरेको म्युजिक भिडिओलाई मिलन विश्वकर्माले सम्पादन गरेका छन् ।