अर्को वर्ष चैतमा ६२ क्याम्पसको स्ववियु निर्वाचन हुँदै

काठमाडौँ - स्वतन्त्र विद्यार्थी युनियन स्ववियु १२ आंगिकसहित ६२ वटा सम्बन्ध क्याम्पसको निर्वाचन अर्को वर्ष हुने भएको छ ।
उपत्यकासहित देशभरका १२ क्याम्पसमा निर्वाचन स्थगित भएको थियो । त्रिभुवन विश्वविद्यालयअन्तर्गत ६२ आंगिक क्याम्पस छन्, तीमध्ये ५० वटामा मात्र निर्वाचन भएको थियो ।

उपत्यकाको त्रिचन्द्र, रत्नराज्य, विश्वभाषा र नेपाल कमर्स क्याम्पस गरी ४, उपत्यका बाहिर कास्कीको इन्जिनियरिङ, पृथ्वीनारायण, पोखरा नर्सिङ, वीरगन्जको ठाकुरराम, चितवनको चितवन इन्जिनियरिङ र वीरेन्द्र बहुमुखी, महेन्द्रनगरको सिद्धनाथ बहुमुखी र डोटी बहुमुखी क्याम्पसमा निर्वाचन स्थगित भएको थियो । प्रदेशगत रुपमा लुम्बिनी र कर्णाली प्रदेशको सबै जिल्लाका आंगिक क्याम्पसमा निर्वाचन भएको थियो ।

त्रिवि केन्द्रीय निर्वाचन तथा अनुगमन समितिका सदस्य सचिव त्रिवि एवं विद्यार्थी कल्याण तथा खेलकुद निर्देशनालयका निर्देशक पशुपति अधिकारीले स्थगित भएका र अन्य सबै क्याम्पसमा आउँदो वर्ष निर्वाचन हुने जानकारी दिए । उनका अनुसार हरेक दुई वर्षमा हुने निर्वाचन आगामी २०८१ साल चैतमा गर्ने छ ।

नेविसंघको बागी र विद्यार्थी संगठनबीच आन्तरिक द्वन्द्वका कारण निर्वाचन स्थगित भएको थियो । त्रिविले ती क्याम्पसमध्ये अधिकांशमा प्रक्रिया शुरु गरेको थियो तर विद्यार्थी संगठनबीच असमझदारीको कारण समस्या आएपछि स्थगित भएको हो ।