पहिचानवादीहरुद्वारा फागुन १७ गतेलाई कालो दिन घोषणा

विराटनगर - प्रदेशको नाम कोशी राखेको विरोधमा पहिचानवादीहरूले विभिन्न स्थानमा विरोध प्रदर्शन गरेका छन् । प्रदेश नम्बर १ पुनः नामकरण संयुक्त सङ्घर्ष समितिको आयोजनामा काठमाडौंको तीनकुनेमा अहिले विरोध प्रदर्शन भइरहेको छ ।

प्रदर्शनमा आदिवासी जनजाति महासंघमा आवद्ध जातीय संस्थाहरुले सहभागिता जनाएका छन् । यस्तै कोशी प्रदेशका १४ वटै जिल्लामा पनि कोशी नाम खारेजीको माग राख्दै विरोध प्रदर्शन भइरहेको छ ।

प्रदेशसभाले एक वर्षअघि आजकै दिन प्रदेशको नाम कोशी राखेको थियो । प्रदेशको नाम कोशी राखेको दिनलाई पहिचानवादीहरूले कालो दिनको रूपमा विरोध जनाएको किराँत याक्थुङ चुम्लुङका महासचिव निरन्ती तुम्वापोले बताइन् ।